युरोपा लिग : सेमिफाइनलको पहिलो लेगमा टोटेनहमले बोडो ग्लिम्टलाई ३-१ ले हरायो

वैशाख १९, २०८२ |खेल ब्युरो
युरोपा लिग : सेमिफाइनलको पहिलो लेगमा टोटेनहमले बोडो ग्लिम्टलाई ३-१ ले हरायो

काठमाडौं । यूएफा युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनहम विजयी भएको छ । टोटनहमले नर्वेजियन क्लब बोडो ग्लिम्टविरुद्ध ३-१ को जित हात गरेको हो ।

जितसँगै टोटनहमले २००८ पछि पहिलो पटक उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । एन्ज पोस्टेकोग्लुको टोलीले खेल सुरु भएको ३८ सेकेन्डमै अग्रता बनाएको थियो । रिचार्लिसनको हेडरमा ब्रेन्नन जोनसनले गोल गर्दै तोडेका थिए । 

३४औं मिनेटमा पेड्रो पोर्रोको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण लिँदै जेम्स म्याडिसनले गोल गर्दै घरेलु टमोलीको अग्रता दोब्बर पारे । 

६१औं मिनेटमा क्रिस्टियन रोमेरोलाई फउल गरेपछि डोमिनिक सोलाङ्केले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई ३-० को अग्रता दिलाए । 

८३औं मिनेटमा उर्लिक साल्टनेसले बोडो-ग्लिम्टका लागि सान्त्वना गोल फर्काए पनि त्यो प्रयाप्त हुन सकेन । दोस्रो लेग ९ मेमा बोडो ग्लिम्टको मैदानमा हुनेछ ।



सम्बन्धित