काठमाडौं । मलद्वारमा लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसरको टोलीले मंगलबार थप १ जनालाई पक्राउ गरेको छ । विमानस्थलमा सुन लिन जाने मिङमा दोर्जे स्यान्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार दुबईबाट हिमालयन एयरलाइन्सको विमानबाट सुन भित्राएको आरोपमा प्रहरी मंगलबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो भने मिङमा फरार थिए । काभ्रेको महाभारत गाउँपालिका- ३ का ३६ वर्षीय मिङमा ढल्कुस्थित बिगमार्टको पार्किङबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए ।
ढुंगेलले कान्तिपुर टेलिभिजनसँग भने, ‘दुबईबाट मलद्वारमा लुकाएर सुन ल्याएका दोङलाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको अवस्थामा ९६० ग्राम सुन फेला परेको हो ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार...