काठमाडौं । नेपाल प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा आरोपी अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।
रोक्का ६० किलो सुन तस्करी प्रकरणका मुख्य योजनाकारमध्येका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । अमलाको नाममा दावाले काठमाडौंको ठमेलमा होटल भियना सञ्चालन गरेका थिए । अमला मार्फत नै दावाले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग सम्बन्ध बनाएका थिए । दाबासँगको तस्बीर सार्वजनिक भएपछि माओवादी नेता पुन पनि विवादमा तानिएका थिए ।
गत साउनमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा ९ विदेशीसहित २९ जना विरुद्ध मुद्दा दायर भएको थियो । आरोपीमध्ये २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सहो मुद्दाको आरोपी फरार अमला रोक्कालाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी भएको हो । सोही मुद्दाका आरोपी माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका नेता जीवन चलाउने पनि फरार छन् ।
सुन तस्करीमा ७ कम्पनी प्रयोग भएको खुलासा