नेपाल-भारतबीच ७ सम्झौतामा हस्ताक्षर, ६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई बनाउन दिइने

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-भारतबीच ७ सम्झौतामा हस्ताक्षर, ६६९ मेगावाटको तल्लो अरुण भारतीय कम्पनीलाई बनाउन दिइने

काठमाडौं । नेपाल-भारतबीच सातवटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा आज (बिहीबार) द्विपक्षीय सम्झौता भएको हो । प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् । नेपाल-भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको छ ।

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी-दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

त्यसैगरी ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४० दशमलव ४९ मेगावाट बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको हो । त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

थप समाचार...

प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन
नेपाल-भारत दुईपक्षीय छलफल (तस्बिरसहित)
दाहाल-मोदी भेट, आपसी हितका विषयमा छलफल (फोटो फिचर)
भारतमा प्रधानमन्त्री दाहालमाथि अपमान भयो : मसाल
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो
भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.