प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)

जेष्ठ १७, २०८० |दीपक आचार्य|राजेश मिश्र
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)

नयाँदिल्ली । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेका छन् । उनलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको तस्बिर अंकित ठूला-ठूला होडिङ र ब्यानरहरु सडक-सडकमा राखिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज (बुधबार) चारदिने भारत भ्रमणमा गएका हुन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधामन्त्री दाहाल भारत भ्रमणमा प्रस्थान गरेका हुन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन् ।

विमानस्थलमै प्रधानमन्त्रीको स्वागतका लागि नाचगान र झाँकी प्रदर्शनको गरिएको छ । दाहाल चढ्नका लागि सुविधायुक्त गाडीको व्यवस्था मिलाइएको छ । त्यहाँको सुरक्षा संयन्त्रलाई पनि चुस्त बनाइएको छ ।

थप समाचार...

दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।

Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement