प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन भइरहेको छ ।

हैदरावाद हाउसको नीलगिरि कक्षमा दाहाल-मोदीबीच वान टु वान कुराकानीपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल भएको थियो ।

प्रतिनिधिमण्डलको बैठक सकिएसँगै अहिले प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन भइरहेको छ । पत्रकार सम्मेलनमा दुई देशबीच सम्झौता आदानप्रदान गरिएको थियो । दुवै प्रधानमन्त्रीबीच केही आयोजनाका संयुक्त उद्घाटन गरिए । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमतिलगायत विषयमा समझदारी भएका छन् । नेपाल-भारतबीच सातवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थप समाचार...

नेपाल-भारत दुईपक्षीय छलफल (तस्बिरसहित)
दाहाल-मोदी भेट, आपसी हितका विषयमा छलफल (फोटो फिचर)
भारतमा प्रधानमन्त्री दाहालमाथि अपमान भयो : मसाल
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो
भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.