नेपाल-भारत दुईपक्षीय छलफल (तस्बिरसहित)

जेष्ठ १८, २०८० |श्याम श्रेष्ठ|दीपक आचार्य
नेपाल-भारत दुईपक्षीय छलफल (तस्बिरसहित)

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेपाली प्रतिनिधि मण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल सुरु भएको छ ।

हैदरावाद हाउसको नीलगिरि कक्षमा दाहाल-मोदीबीच वान टु वान कुराकानीपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल सुरु भएको हो ।

प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौता आदानप्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाई रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

त्यसअघि प्रधानमन्त्री दाहाल राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

थप समाचार...

दाहाल-मोदी भेट, आपसी हितका विषयमा छलफल (फोटो फिचर)
भारतमा प्रधानमन्त्री दाहालमाथि अपमान भयो : मसाल
जोखिममा प्रधानमन्त्री दाहालको भारत भ्रमण, विज्ञ भन्छन्- यो गम्भीर हो
भारत भ्रमणको पहिलो दिन : डोभलसँग छलफल, दूतावासमा रात्रिभोज
प्रधानमन्त्री दाहाललाई दिल्ली विमानस्थलमा विदेश राज्यमन्त्रीको स्वागत (तस्बिरसहित)
दिल्लीमा प्रधानमन्त्री दाहाललाई स्वागत, सडकमा ठूलाठूला तस्बिरसहितका ब्यानर (भिडियोसहित)
यस्तो छ दिल्लीमा प्रधानमन्त्री दाहाल चढ्ने गाडी (फोटो फिचर)
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण : के के छन् कार्यक्रम ?
पूर्वका उद्योगी व्यवसायीको सुझाव- आयात-निर्यात सहज र लगानी आकर्षणमा ध्यान दिइयोस्


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।

Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।