सत्ताबाट किन बाहिरियो कांग्रेस ?

पुस १०, २०७९ |कान्तिपुर टीभी संवाददाता
सत्ताबाट किन बाहिरियो कांग्रेस ?

काठमाडौं । मंसिर ४ को चुनावमा ८९ सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस अन्तत: सत्ताबाट बाहिरिएको छ । राष्ट्रपति र पहिलो चरणमै प्रधानमन्त्री नछाड्ने अडानले कांग्रेस सत्ताबाटै विमुख हुने स्थितिमा पुगेको हो ।

ठूलो दलको हैसियतले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी गर्दा संघमा मात्रै हैन,प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने अवस्था छ । बालुवाटारमा तीन दिनदेखि चलिहरेको गठबन्धनको बैठकमा सहयात्रीलाई विश्वासमा लिन नसक्दा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायतका सबै पद गुमाउनुपर्ने नाटकीय मोडमा कांग्रेस आइपुगेको हो ।

आइतबार अपराह्‌न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले बालकोटको बार्दलीबाट हात हल्लाइरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका नेताहरु निराश मुद्रामा देखिन्थे ।

माओवादी र एकीकृत समाजवादीका नेताहरु बालुवाटारबाट बाहिरिएलगत्तै कांग्रेस नेताहरु आन्तरिक छलफल जुटेका थिए । त्यहीँबाट प्रधानमन्त्री देउवाले बालकोटमा एमाले अध्यक्ष ओलीलाई फोन गरेर कांग्रेस-एमाले गठबन्धनको प्रस्ताव पनि राखे । तर, समय घर्किसकेको थियो ।

सत्ताको साँचो आफ्नो हातबाट फुत्काउनुका पछाडि उसको आफ्नै अपरिपक्वताले काम गरेको छ वा बाह्य परिस्थितिले ? यसमा कांग्रेसले आन्तरिक समीक्षा गर्ला नै । तर कांग्रेस नेताहरुले आफ्नो हातबाट सबै गुमेको भनेका छन् । राष्ट्रपति नछाड्ने पार्टीको अडानले सत्ताबाट बाहिरिनुपर्ने परिस्थिति बनेको देउवा पक्षको बुझाइ छ । तर अर्को समूहले सभापति देउवाको पदको लोभले सबै गुमाउनुपरेको आरोप लगाएको छ ।

यता अघिल्लो गठबन्धनको एउटा मुख्य हिस्सेदार एकीकृत समाजवादी पनि नयाँ गठबन्धनबाट बाहिरिएको छ । आजै बसेको एकीकृत समाजवादीको बैठकले तत्काल प्रतिपक्षमै बस्ने निर्णय गरेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुखमा कसरी हुन्छ बाँडफाँड ?

नयाँ गठबन्धन बनाएका नेकपा एमाले र मा‌ओवादी केन्द्रबीच राष्ट्रपति र सभामुखसहित मुख्य पद बाँडफाँडमा पनि सैद्दान्तिक सहमति भएको छ ।

प्रधानमन्त्री आधा-आधा कार्यकाल बाँड्ने सहमतिसँगै राष्ट्रपति भने नेकपा एमालेले लिनेछ । सभामुख पनि आधा-आधा कार्यकाल बाँड्ने समझदारी छ । पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्दा एमालेले र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा माओवादी केन्द्रले सभामुख लिनेछन् ।

त्यसबाहेक उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीसहित सातवटै प्रदेशसभामा सभामुख, मन्त्रीहरुलगायत तीन दर्जनभन्दा धेरै पद कसले के लिने भन्ने टुंगो लाग्न बाँकी छ । नयाँ गठबन्धनको तेस्रो ठूलो दल स्वतन्त्र पार्टी प्रदेशसभामा नभएकोले केही साना दललाई दिएर अधिकांश पद एमाले र माओवादीले लिने देखिन्छ । नयाँ गठबन्धन मिलेर जाँदा सातै प्रदेशमा सरकार बन्ने अवस्था छ ।

केन्द्रमा नयाँ समीकरण बनेपछि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी अहिले गठबन्धन बाहिर पुगेका छन् ।

सम्बन्धित समाचार

पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि

‘हामी यहाँ छौं’ को २ वर्ष : त्यही बार्दलीबाट दाहाल प्रधानमन्त्री

फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल

सबै कुरा अन्तिम घडीमा हुन्छ, गठबन्धन सकियो भन्दै दाहाल हिँड्नुभयो : प्रवक्ता कार्की

ओलीलाई अफरैअफर : मिलौं भन्दै देउवाले फोन गरे, दाहाल र लामिछाने भेट्न घरै पुगे

पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति, दाहाल-ओलीले पालैपालो चलाउने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement