काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार किरण पौडेल सम्मानित हुनुभएको छ । न्याय र कानुनको क्षेत्रमा समाचार सम्प्रेषण गरी स्वतन्त्र न्यायपालिका, कानुनी राज्य र लोकतान्त्रिक विधि एवं प्रक्रियाको पक्षमा जनतालाई सुसूचित बनाएको भन्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले कान्तिपुरकर्मी पौडेललाई सम्मान गरेको हो ।
एसोसिएसनको २०८०/८१ र २०८१/८२ को बार्षिक साधारणसभा तथा सुवोधबाबु चिलुवाल नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा कान्तिपुरकर्मी पौडेललाई कदरपत्रसहित सम्मान गरिएको हो । उहाँलाई सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेधिको उपस्थितिमा काठमाडौं जिल्ला अदालतका वरिष्ठ न्यायाधीस चुरामन खड्का र काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
पत्रकार पौडेललले कान्तिपुर टेलिभिजनमा न्यायपालिका, संवैधानिक आयोग र परराष्ट्र मामिलासम्बन्धी समाचार लेख्दै आउनुभएको छ ।