०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढयौं भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने उहाँको जिकिर थियो । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सो निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने समेत बताउनु भयो । 

सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनका लागि नै मिसन २०८४ लाई गम्भिरताका साथ अघि बढाएको पनि दोहोर्‍याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.