गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

मंसिर ८, २०७९
गोरखा २ बाट पुष्पकमल दाहाल विजयी

गोरखा । प्रतिनिधिसभा अन्तर्गत गोरखा क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६६ मतको अन्तरले पराजित गरेका छन् ।

दाहाल २६ हजार १ सय ३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याए । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार अब्दुससलाम मियाले ७ हजार ३ सय ९३ मत पाए भने राप्रपाका सुशील पन्तले १ हजार ८ सय १३ मत ल्याएका छन् ।

दाहाल अघिल्लो पटक चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनी ४८ हजार २ सय ७६ मतका साथ राप्रपाका विक्रम पाण्डेलाई पराजित गर्दै २०७४ मा निर्वाचित भएका थिए ।

चितवन छोडेर गोरखा पुगेका दाहालले यसपटक निर्वाचनका लागि गोरखा जानुको विशेष अर्थ रहेको बताएका थिए ।

यो पनि...

फायर साइडमा पुष्पकमल दाहाल : ‘कम्फर्टेबल’ बहुमत आउँछ, प्रधानमन्त्री बन्छु

गोरखा जानुको अर्थ चितवन छाड्यो भन्ने होइन : अध्यक्ष दाहाल


Enter Kantipur TV HD
Advertisement