हुन्डाईको जर्जियास्थित कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूको छापा

भाद्र २१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
हुन्डाईको जर्जियास्थित कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूको छापा

काठमाडौं । अमेरिकाको जर्जिया राज्यस्थित कोरियाली कार निर्माता कम्पनी हुन्डाईको कारखानामा छापा मारी आप्रवासन अधिकारीहरूले करिब ५ सय जनालाई पक्राउ गरेका छन् । यो राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको सबैभन्दा ठूलो छापा हो।

३ हजार एकड फैलिएको यो प्लान्ट हुन्डाइले विद्युतीय सवारीसाधन उत्पादनका लागि निर्माण गरेको थियो । एक वर्षदेखि सञ्चालनमा रहेको यो कारखानाबाट पक्राउ परेकामध्ये अधिकांश कोरियन नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसैबीच

दक्षिण कोरियाले अमेरिकी आप्रवासन अधिकारीहरूले कारखानामा गरेको छापाप्रति "चिन्ता र खेद" प्रकट गर्दै अमेरिकी सरकारलाई आफ्ना नागरिकहरूको अधिकारको सम्मान गर्न आग्रह गरेको छ। अमेरिकी गृह मन्त्रालयले भने

अवैध रोजगारी अभ्यास रअन्य गम्भीर संघीय अपराध” को आरोपका कारण आप्रवासन अधिकारीहरूले हुन्डाइ कारखानामाछापामारेको बताएको छ । यसले अमेरिकाको एक प्रमुख सहयोगी देश दक्षिण कोरियासँगकोसम्बन्धमा पनि दबाब सिर्जना गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन्।