रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न छानबिन समितिको सिफारिस [प्रतिवेदनको अंशसहित]

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न छानबिन समितिको सिफारिस [प्रतिवेदनको अंशसहित]

काठमाडौं । संसदीय विशेष समितिले तयार पारेर संसद्लाई बुझाएको प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालिएको छ । 

गोरखा मिडियालगायत कम्पनीहरूमा भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा सेयर खरिद बिक्री भएको निष्कर्ष समितिले निकालेको हो । समितिले आज प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा उक्त भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने बाध्यकारी प्रबन्ध मिलाउन सुझाव समेत दिएको छ । सूर्यदर्शन सहकारीसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष सहितको प्रतिवेदन समितिले संसदलाई बुझाएको हो ।

सहकारी ठगीबारे १० घण्टाको बयानमा रविले भनेका थिए– ‘सबै दोष जीबी राईको, म चोखै छु’

कुनै पनि कम्पनीमा त्यसका सञ्चालक वा सेयरहोल्डरहरू मुख्य जिम्मेवार हुने भन्दै समितिले सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने निस्कर्ष निकालेको छ ।

‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ,’ समितिले दिएका सुझावमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

सहकारी ठगीमा संलग्न भएको प्रमाण भेटिए राजनीति छाड्छु : रवि लामिछाने

यस्तै सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका गितेन्द्रबाबु राई, थानबहादुर बुढा मगर, दिनेश रोक्का, सागर केसी र भूपेन्द्र राईलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन पनि समितिले नेपाल सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।

हेर्नुहोस् छानबिन समितिले आज बुझाएको प्रतिवेदनको अंश :-

लामिछाने गृहमन्त्री हुँदा यसो पनि भन्थे :-

जीबी राई जहाँ बसे पनि समातेर ल्याउँछु

जीबी राईको लोकेसन मलेसियामा पत्ता लागिसक्यो

जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, अहिले पक्राउ गर्न कठिन भयो

के छ लामिछानेको भनाइ ?

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गर्नु भएको छ । सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर चलेको उहाँले बताउनु भयो । 

यहाँ हेर्नुहोस् यससम्बन्धी लामिछानेको भनाइ :-

सम्बन्धित समाचार...

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : रवि लामिछाने

‘गृह मन्त्रालयले रवि लामिछानेमाथि सहकारी ठगीमा तत्काल अनुसन्धान गर्नुपर्छ’

रवि लामिछानेमाथि सहकारी ठगी मात्र होइन र दोहोरो पासपोर्टबारे पनि छानबिन हुनुपर्छ : मुकुल ढकाल

रवि लामिछानेले सहकारी हिनामिनाको रकम राफसाफ गर्न गृह मन्त्रालय रोजेका हुन् : चित्रबहादुर केसी

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई ५ ‘क्लिनचिट’

सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख, प्रतिवादी भने बनाइएन (अभियोजनसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement