जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, अहिले पक्राउ गर्न कठिन भयो : रवि लामिछाने

‘जीबी राईलाई पक्राउ गर्ने प्रक्रिया जारी छ’
वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, अहिले पक्राउ गर्न कठिन भयो : रवि लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफैं सहभागी सरकारको नेतृत्वमाथि गम्भीर आरोप लगाउनुभएको छ । लामिछानेले सरकारले नै सहकारी ठगीमा आरोपित जीबी राईलाई भगाएको आरोप लगाउनुभएको हो ।

लामिछानेले यसभन्दा अघिको सरकारले राईलाई भगाएको आरोप लगाउनुभएको हो । सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका जीबी राईलाई किन पक्राउ नगरेको भन्ने पत्रकारको प्रश्नमा प्रतिप्रश्न गर्दै लामिछानेले यस्तो आरोप लगाउनुभएको हो ।

नयाँ सत्ता समीकरण बन्नुअघि गृह मन्त्रालयको नेतृत्वमा नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो भने प्रधानमन्त्री पुष्पकमल दाहाल नै हुनुहुन्थ्यो । अघिल्लो सरकारले भगाएकै कारण पक्राउ गर्न कठिन भएको लामिछानेको भनाइ थियो ।

कांग्रेसलाई गृहमन्त्री लामिछानेको प्रश्न- संसद्‍मा बोल्न पाउने मेरो अधिकार किन हनन् गरेको ?

भागेकालाई भन्दा भगाइएकालाई पक्राउ गर्न कठिन हुने भन्दै लामिछानेले राईलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको बताउनुभयो । राईलाई पक्राउ गर्न आफूले मलेसिया सरकारसँग कुरा गरिरहेको पनि उहाँले बताउनुभयो । मलेसियासँग सुपुर्दगी सन्धि नभएका कारण पनि पक्राउ गरी नेपाल ल्याउन कठिनाइ भइरहेको र त्यसका लागि राजनीतिक एवं कूटनीतिक रुपमा संवाद गर्नुपर्ने लामिछानेको भनाइ थियो ।

चितवन पुग्नुभएका गृहमन्त्री लामिछानले प्रहरी प्रशासनमाथि आफूले हस्तक्षेप नगरेको प्रस्टीकरणसमेत दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement