जीबी राई जहाँ बसे पनि समातेर ल्याउँछु : गृहमन्त्री लामिछाने

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
जीबी राई जहाँ बसे पनि समातेर ल्याउँछु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई जहाँ बसेको भए पनि समातेर ल्याउने बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले राई देश वा विदेश जहाँ भए पनि पक्राउ गर्ने दाबी गरेका हुन् । सहकारी ठगीमा संलग्नताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै उनको राजीनामा मागिरहेका बेला लामिछानेले राईलाई पक्राउ गरी छाड्ने बताएका हुन् ।

उनले कांग्रेसले आफ्नो विरोध गर्दै संसद् अवरुद्ध गरिरहेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अख्तियारले बयान लिइरहेका पार्टीका तत्कालीन मन्त्री र सांसदको विषयमा कांग्रेसले के गरिरहेको छ ? भनी प्रश्नसमेत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement