एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार छैठौं हार

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार छैठौं हार

काठमाडौं । एन्फा महिला लिगमा सुदूरपश्चिमले लगातार छैठौं हार ब्यहोरेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ३-० ले हराएको हो ।

खेलको २४ औं मिनेटमा कर्णालीले अग्रता बनायो। गरिमा राईले मिलाइदिएको पासमा भूमीका बुढाथोकीले बक्सभित्रबाट गोल गरेपछि पहिलो हाफमा कर्णाली १-० ले अघि रह्यो ।

दोस्रो हाफमा सुदूरले दुई गोल ब्यहोर्यो। खेलको ६२ औं मिनेटमा गरीमाले गोल गरिन्। त्यसैगरी ६४ औं मिनेटमा वर्षा ओलीले कर्णालीलाई ३-० गोलको अग्रतामा पुर्याएकी थिइन्।

खेलमा सुदूरपश्चिमले केही अवसर बनाए पनि त्यसलाई सफल प्रयोग गर्न सकेन। आजको जितसँगै कर्णालीले ६ खेलमा चार अंक जोडेको छ। जारी लिगमा कर्णालीको यो पहिलो जितसमेत हो । कर्णाली तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। पराजित सुदूर पुछारमा छ। महिला लिगअन्तर्गत भोलि दिउँसो तीन बजे हुने खेलमा बागमती युवा क्लबले वालिङ नगरपालिकाको सामना गर्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement