सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री रवि लामिछाने

जेष्ठ २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको दुखेसो गर्नु भयो । लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोख्नुभयो ।

‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरूका लागि कयौँ रिपोर्टहरू बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । मेरो भाग्य यस्तै छ ।’ 

उहाँले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement