रवि लामिछानेले सहकारी हिनामिनाको रकम राफसाफ गर्न गृह मन्त्रालय रोजेका हुन् : चित्रबहादुर केसी

चैत्र ७, २०८० |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेले सहकारी हिनामिनाको रकम राफसाफ गर्न गृह मन्त्रालय रोजेका हुन् : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसील गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘वर्तमान गृहमन्त्रीको गल्ती कमजोरी भएको छ,’ उनले भने, ‘चौरासी तिकडम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने ? सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो ।’

अध्यक्ष केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको समेत बताएका छन् ।अध्यक्ष केसले सत्ता गठबन्धनले आफ्ना पार्टीमा गृहमन्त्री बन्न सक्ने कोही मान्छे नभटेको हो भन्दै प्रश्न समेत गरे ।

‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ,’ उनले भने, ‘यो त विचित्रैको कुरा हो । यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे ? माओवादी, एमालेभित्र पनि कोही रैनछन् ? यो वास्तवमा नेपाली जनतामाथि अपमान हो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement