नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुँदै

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन २०२४ आयोजना हुने भएको छ । सम्मेलन असोज ४ र ५ गते नेपाल प्रज्ञा प्रतष्ठान कमलादीमा हुने छ ।

नेपाल प्रज्ञा प्रतष्ठान नेपाल बाल साहित्य समाज र रूम टू रीडको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा स्थानीय र अन्तर्राष्ट्रिय विज्ञ तथा समर्थकहरूलाई बाल साहित्यको विविधता र समावेशीताको महत्त्वलाई उजागर गर्न आमन्त्रित गरिएको छ । 

दुई दिन सम्म सम्मेलनमा नेपाली र अन्तर्राष्ट्रिय विद्वानहरुले बाल साहित्यका बिभिन्न पक्षहरूमा २५ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गर्नेछन् । यससँगै प्यानल छलफल, कथा सुनाउने सत्रहरू, र बाल साहित्यका पुस्तक तथा कलाका प्रदर्शनीहरू पनि हुने आयोजकले जानकारी दिएको छ ।

नेपालबाट १०० भन्दा बढी विज्ञ, विद्वान, लेखक र चित्रकारहरू सहभागी हुने यस सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरका, दक्षिण कोरिया, नेदरल्याण्ड्स र डेनमार्कलगायत २५ भन्दा बढी विदेशी नागरिकहरु सहभागीहरू सहभागी हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement