ओमानविरुद्ध कप्तान रोहितको अर्धसतक

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओमानविरुद्ध कप्तान रोहितको अर्धसतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित कुमार पौडेलले अर्धसतक पूरा गरेका छन् ।

क्यानडाको मेपल लिफ क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । रोहितले ६४ बलमा ५० रन पूरा गरेका रोहितले यो समाचार तयार पार्दासम्म ६७ बलमा ५८ रन बनाएका छन् । उनलाई क्रिजमा गुल्शन झाले साथ दिइरहेका छन् । सुरुवाती समयमै ३ विकेट गुमाएको नेपालले अहिले सम्हालिएर खेलिरहेको छ ।

पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले आज पनि खराब सुरुवात गरेको छ । ३९ ओभरको समाप्तीमा नेपालले महत्वपूर्ण ४ विकेट गुमाएर मात्र १ सय ३२ रन बनाएको छ ।

नेपालका लागि ओपनर अर्जुन साउद ५ रन पबिलिएन फर्किए । आसिफ सेख र भिम सार्की समान ११-११ रनमा आउट भए । साथै आरिफ शेख ८६ बलमा ३५ रन जोडेर पबिलियन फर्किएका छन् ।

पहिलो खेलमा एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाललाई अब प्रतियोगितामा जित्नै पर्ने दबाब छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement