ओमानविरुद्ध नेपालको १०० रन पूरा, रोहित र आरिफ मैदानमा संघर्ष गर्दै

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओमानविरुद्ध नेपालको १०० रन पूरा, रोहित र आरिफ मैदानमा संघर्ष गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल र ओमानबीचको खेल जारी छ । क्यानडाको मेपल लिफ क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले आज पनि खराब सुरुवात गरेको छ । ३२ ओभरको समाप्तीमा नेपालले महत्वपूर्ण ३ विकेट गुमाएर मात्र १०४ रन बनाएको छ । नेपालका लागि ओपनर अर्जुन साउद ५ रन पबिलिएन फर्किए । आसिफ सेख र भिम सार्की समान ११-११ रनमा आउट भए । अहिले नेपालका कप्तान रोहित कुमार पौडेल र आरिफ शेखले क्रिज समालिरहेका छन् ।

पहिलो खेलमा एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाललाई अब प्रतियोगितामा जित्नै पर्ने दबाब छ । प्रशिक्षक मोन्टी देशाईले नेपाली टिममा आज केही परिवर्तन गरेका छन्।

उनले अघिल्लो खेलमा बेञ्चमा रहेका अनिल शाह, आरिफ शेख, अर्जुन साउँद लाई आज प्लेइङ ११ मा राखेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र आज टिममा छैनन्।

ओमानविरुद्ध मैदानमा उत्रिएका खेलाडीहरुमा कप्तान रोहित पौडेलसँगै आरिफ शेख, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी रहेका छन्।

लिग-२ तालिकामा ओमान ४ खेलमा ३ अंक सहित छैटौं स्थानमा छ । नेपाल ५ खेलमा २ अंक सहित सातौं स्थानमा छ । नेपाल र ओमान हालसम्म ७ पटक एकअर्का विरुद्ध मैदानमा उत्रँदा नेपालले ३ र ओमानले ४ खेल जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement