जीबी राईको लोकेसन मलेसियामा पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

असार ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जीबी राईको लोकेसन मलेसियामा पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताउनु भएको छ ।

चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिनुभएको हो ।

उहाँले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबी गर्नुभयो । उहाँले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले आईजीपी परिवर्तन गर्ने विषय हल्ला मात्रै भएको समेत बताउनुभयो । उहाँले आफूले कुनै पनि प्रक्रिया मिचेर काम नगर्ने समेत उल्लेख गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement