रवि लामिछानेमाथि सहकारी ठगी र दोहोरो पासपोर्टबारे पनि छानबिन हुनुपर्छ : मुकुल ढकाल

असार २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेमाथि सहकारी ठगी र दोहोरो पासपोर्टबारे पनि छानबिन हुनुपर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त गरिएका नेता मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँग दुईवटा पासपोर्ट रहेको दाबी गर्नुभएको छ ।

पार्टीले हिजो कारबाही गरेपछि आज पत्रकार सम्मेलन गरेका ढकालले सहकारी ठगी प्रकरणमा रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग पनि गर्नुभयो । सहकारी ठगी र दोहोरो पासपोर्टबारे पनि छानबिन हुनुपर्ने उहाँको माग छ ।

श्रममन्त्री समेत रहेका उपसभापति डीपी अर्यालले पार्टीको पैसा आफ्नै खल्तीमा राख्ने गरेको पनि ढकालको आरोप छ । रहेका स्पष्टीकरण समेत नसोधी गरिएको निलम्बन कानुन सम्मत नभएको र आफू अहिले पनि महामन्त्री रहेको नेता ढकालको दाबी छ ।

अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले ढकाललाई पार्टी सदस्यता मात्रै रहने गरी महामन्त्री र प्रवक्ताबाटसमेत हटाउने निर्णय गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement