बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

असार २२, २०८१ |आरएन विश्वास
बढ्यो सप्तकोशीको बहाब, ३५ ढोका खोलिए

सप्तरी । अविरल वर्षाले सप्तकोशी नदीको बहाब बढेको छ ।

कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो ।

शनिबार साँझ ५ बजे कोशी ब्यारेजमा गरिएको मापनअनुसार दुई लाख ८२ हजार क्युसेक बहाब रेकर्ड भएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । जबकि आज शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशीको बहाब दुई लाख ४४ हजार क्युसेक थियो ।

हिजो (शुक्रबार) एक लाख क्युसेक मात्रै थियो । कोशी ब्यारेज नियन्त्रण कक्षका प्राविधिकहरुका अनुसार कोशीमा बिहानैदेखि लगातार बाढी आइरहेको हुँदा बहाब पनि सोहीबमोजिम बढिरहेको छ ।

कुल ५६ ढोका रहेको कोशी ब्यारेजका ३५ वटा खोलिएको छ ।

यो पनि...

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित

फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement