अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

काठमाडौं । दाङमा अविरल वर्षा पछि आएको बाढीमा परी एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । बाढीले दर्जनौ घर डुबानमा परेका छन् । राप्ती नदीमा बगेर राजपुर गाँएपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाँउपालिकामा एक जनाको मृत्यु भएको हो ।

दुध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका-२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनु भयो । लमहीबाट दुध बेचेर फर्किँदै गरेका राजपुरका २ का ३ जना लमही नगरपालिका-७ हस्नापुर स्थित राप्ती नदिको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिनुभयो । नदीमा बगेर बेपत्ता यादवको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी गढवा गाँउपालिका-५ मा गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । खोलाले ट्याक्टर पल्टाउँदा सोही ठाँउका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्याक्टर चालक महेश यादव र अर्का एक जना राजकुमार चौधरीको उद्धार गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण लमही नगरपालिका-७ हस्नापुर, राप्ती गाँउपालिका ५ लठ्हवाका दर्जनौँ घर डुवानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको ।

अविरल वर्षापछि सेवार खोलामा आएको बाढीले डायर्भसन बगाउँदा दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ । त्यसैगरी प्युठानको चकचकेमा पहिरो खस्दा दाङको भालुवाङ प्युठान सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यस्तै रोल्पाको सहिद मार्ग, अर्घाखाँचीको नरपानी, पाल्पाको दोभानमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement