कालीगण्डकी करिडोर खुल्न अझै केही दिन लाग्ने, यात्रु र पर्यटक प्रभावित

आश्विन २३, २०८३ |प्रदीप पन्त
कालीगण्डकी करिडोर खुल्न अझै केही दिन लाग्ने, यात्रु र पर्यटक प्रभावित

बागलुङ । यही असोज ९ देखि ११ गतेसम्मको अबिरल वर्षा र बाढीपहिरोले कालीगण्डकी कोरिडोरको ठाउँठाउँमा ठूलो क्षति गर्‍यो । 

त्यसयता यो सडकमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध छ। अहिलेसम्म बागलुङको मालढुङ्गादेखि म्याग्दीको तल्लोबैसरीसम्म र पोखरेबगरदेखि मुस्ताङसम्म पहिरो हटाइए पनि म्याग्दीको तल्लोबैसरीदेखि पोखरेबगरसम्मको १८ किलोमिटरमा पहिरो पूर्णरूपमा हटाउन सकिएको छैन। 

त्यसैले यो सडक खुल्न अझै केही दिन लाग्ने कालीगण्डकी कोरिडोर मुस्ताङ कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा चाडपर्वको समयमा चीनबाट हुने सामान आयात र मुस्ताङ घुम्न जाने पर्यटकसँगै करिडोर हुँदै आउजाउ गर्ने यात्रु प्रभावित बनेका छन्।

मालढुङ्गादेखि मुस्ताङ्गसम्म २०२ किलोमिटर सडक रहेको छ। पहिरोले म्याग्दीको तल्लो बैसरीदेखि पोखरे बगरसम्मको १८ किलोमिटर सडक क्षतविक्षत बनाएको छ। सडक अवरुद्ध हुदा चार्डपर्वको समयमा यात्रुलाई आवतजावत गर्न समस्या भएको छ। भने सडक सुनसान बनेको छ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर भारतको सुनौली नाकादेखि चीनको कोरला जोडने गरी ४ सय १७ किलोमिटर रहेको छ । एक साता अगाडि आएको बाढी पहिरोले यस खण्डमा ८० करोडको क्षति पुगेको छ । यसलाई निमार्ण गर्न साढे तीन अर्ब लाग्ने कालीगण्डकी करिडोर मुस्ताङ्ग कार्यालयले जनाएको छ ।


Image

प्रदीप पन्त

पन्त कान्तिपुर टेलिभिजनका बागलुङ संवाददाता हुन् ।