फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिस्लिङको पहिरो हटाइयो, सवारीसाधन एकतर्फी सञ्चालन

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा खसेको पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ३, फिस्लिङमा सडकमाथि बाट लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।

निर्माणाधीन सडकको आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन भएको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।

त्यसअघि पहिरोसँगै आएको ढुंगाले मुग्लिनदेखि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं. २-०३-००१ ख ६४७४ नम्बरको सिमेन्ट लोड भएको ट्रकमा लाग्दा अगाडिको भागमा क्षति भएको छ । चालकलाई सामान्य चोट लागेको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा लगातार वर्षा भइरहे पनि सवारीसाधनको आवागमनमा कुनै समस्या छैन ।

यो पनि...

बझाङको झ्याँबगर गाउँमा बाढी पस्यो, १४ परिवार विस्थापित

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

अपडेट : दाङमा बाढीमा परी १ जनाको मृत्यु, १ जना बेपत्ता

अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले आन्तरिक उडान प्रभावित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement