
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा नौवटा पालिका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका क्षेत्रफलमा अरू आठैवटा पालिकाभन्दा झण्डै ७२ वर्ग किलोमिटर ठूलो छ । यति ठूलो भूगोलका नागरिकले चिकित्सा सेवा लिन सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिका आफैँले अहिले अस्पताल चलाउन थालेको छ ।
फक्ताङलुङ गाउँपालिका आफैले भने मासिक १ लाख ७० हजारसम्म पारिश्रमिक दिएर २४सै घण्टा सेवा प्रवाह गर्नेगरी एकजना एमबीबीएस डाक्टर राखेको छ । ल्याब सुविधा छ । एक्सरे मेसिन राखिएको छ । सेवाग्राहीले अस्पताल आउनेबित्तिकै चिकित्सा सेवा पाउँछन् ।
यो पालिकाका नागरिकले अहिले पनि सदरमुकाम फुङलिङ पुग्न तीन दिनको पैदल यात्रा गर्नुपर्छ । उनीहरूले तापेथोक उपचार केन्द्र पुग्नका लागि पनि दुई दिनसम्म हिँड्नुपर्थ्यो । गाउँपालिकाले डाक्टरसँग समय तालिका मिलाएर वडाका अन्य स्वास्थ्य चौकीमा पनि गएर बिरामी हेर्ने गरी सम्झौता गरेको छ ।
लिम्बूले आफू निर्वाचित भएपछि अध्यक्षले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका थिए भने पछि पालिकामा थप दुईवटा एम्बुलेन्स थपे । अहिले डाक्टर, ल्याब, स्वास्थ्यकर्मी राखेर अस्पताल चलाइएको छ ।