काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।

ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा देशभरका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् । 

यो पनि...

अपडेट : बाढी पहिरोले देशभरका १८ वटा राजमार्ग अवरुद्ध


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement