दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

असार २२, २०८१ |अमर क्षितिज भण्डारी
दाङमा निरन्तरको वर्षाले डुबानमा पर्न थाले बस्ती, सुरक्षित स्थानमा सारिँदै

दाङ । दाङमा लगातार परिरहेको पानीका कारण बस्तीहरु डुबानमा पर्न थालेका छन् । राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेको हो । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ ।

सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् । लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेकाले डुबान भएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको छ । यस्तै राप्ती नदीमा जलसतह बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।