काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर वर्षा भएको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।

ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । 

अविरल बर्षाले भक्तपुरको हनुमन्ते खोला आसपासका क्षेत्र जलमग्न भएको छ ।

अविरल बर्ष पछि हनुमन्ते खोलामा पानीको सतह बढेपछि भक्तपुर नगरपालिकास्थित राम मन्दिर परिसर र सँगै रहेको शान्तिनिकेतन मावि जलमग्न भएको छ । खोला आसपासका धान खेत पुरै डुबेको छ । यस्तै जिल्ला विपद व्यवस्थापन समितिले हनुमन्ते खोला आसपासका स्थानीय खोलमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रर गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement