पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

हेटौंडा । अविरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं रुटको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिबाट परेको वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

बाटो सुचारु गर्न डिभिजन सडक कार्यालय हेटौंडा र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले बताएको छ । प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement