कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्‍याइयो

आजै धनुषा जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारी
जेष्ठ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई स्थलमार्ग हुँदै धनुषा पुर्‍याइयो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै गिरफ्तार पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले स्थलमार्ग हुँदै धनुषा पुर्‍याएको छ ।

बीपी राजमार्ग हुँदै अध्यक्ष सिरोहियालाई बुधबार बिहानै धनुषा पुर्‍याइएको हो । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट गिरफ्तार गरेको थियो ।

गृहमन्त्री लामिछानेले सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको विषयमा कान्तिपुर मिडिया ग्रुपअन्तर्गतका सन्चारमाध्यमले निरन्तर समाचार प्रकाशन प्रसारण गरिरहेको छ । आफूविरुद्ध समाचार आएपछि रुष्ट गृहमन्त्री लामिछानेकै निर्देशनमा नागरिकतासम्बन्धी अनुसन्धानका लागि भन्दै प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।

अध्यक्ष सिरोहियालाई स्थलमार्गबाट रातारात जनकपुर लगिएको हो । उहाँलाई बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याइएको छ ।

प्रहरीले आजै अध्यक्ष सिरोहियालाई सरकारी वकिलको कार्यालयमार्फत धनुषा जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । प्रहरीले आज अदालतबाट थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्ने जनाइएको छ । प्रहरीले नागरिकतासम्बन्धी उजुरी परेको भन्दै गिरफ्तार गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

यो पनि...

कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारीको विरोधमा थापाथलीमा नाराबाजी, प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरसहित)

गृहमन्त्रीसँग २ वटा पासपोर्ट छ, तत्काल पक्राउ गरियोस् : अध्यक्ष सिरोहिया

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर विचलित हुँदैन : कैलाश सिरोहिया

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय घेर्नु प्रतिशोधपूर्ण : सीके राउत

सांसदहरुको एक स्वर- सत्ता र शक्तिका आडमा कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी, यो लोकतन्त्रमाथिकै आक्रमण

‘समाचार प्रकाशन गरेकै आधारमा मिडिया सञ्चालकलाई गिरफ्तार गर्नु दाहाल सरकारको मूर्खता हो’

गृहमन्त्रीले सहकारीको रकम अपलचन गरेको पुष्टि हुने पर्याप्त प्रमाण छन् : नेपाली कांग्रेस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीपछि कसले के भने ?

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरुद्ध पत्रकार महासंघको ऐक्यबद्धता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध पूरा गर्न पक्राउ गरियो : गगन थापा

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक कदम हो : कांग्रेस सभापति देउवा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement