सरकारको नीति तथा कार्यक्रम : कृषि, रोजगारी र नवप्रवर्तनलाई प्राथमिकता (पूर्ण पाठसहित)

महिलालाई सबल बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’
जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारको नीति तथा कार्यक्रम : कृषि, रोजगारी र नवप्रवर्तनलाई प्राथमिकता (पूर्ण पाठसहित)

काठमाडौं । कृषि, रोजगारी र नवप्रवर्तनलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सरकारले १६औं योजनामा आधारित भएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको हो ।

सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । सबै किसिमका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने प्रतिबद्धता सरकारको छ । शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने लक्ष्य सरकारको छ । राजनीतिक घटनाक्रममा फेरबदल भए पनि आर्थिक सुधारका लागि प्रतिबद्ध रहेको दाबी सरकारको छ ।

कृषितर्फ सरकारले आगामी दशकलाई कृषि दशक घोषणा गरेको छ । यसैगरी आगामी वर्ष तीन हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य सरकारको छ ।

निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको सरकारले आगामी वर्षभित्र नेपालको कन्ट्री रेटिङ सम्पन्न गर्ने घोषणा गरेको छ । यसैगरी सहकारी नीतिमा समयानुकूल परिमार्जन गरिने भएको छ ।

सरकारको स्वामित्व भएका साझा सहकारी संस्थालाई एकीकरण गर्ने र प्रतिफल सुनिश्चित भएका आयोजनामात्र छनोट गरिने भएको छ ।

उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतमा राखिएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरिने उल्लेख छ ।

पाँच वर्षभित्र फलफूलमा र दुई वर्षभित्र पशुपक्षी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भर हासिल गर्ने लक्ष्य राखिएको छ । प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार तयार गर्ने र दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने नीति लिएको छ ।

सरकारले आगामी आर्थिक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । सन् २०४५ भित्र शून्य कार्बनको लक्ष्य हासिल गर्ने कार्ययोजना तय गर्ने र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

यसैगरी ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनमा जोड दिइने भएको छ । आगामी आर्थिक वर्षभित्र जलविद्युत्‌को जडित क्षमता चार हजार पाँच सय मेगावाट पुर्‍याइने भएको छ । बूढीगण्डकी तथा नलसिंहगाड जलविद्युत् आयोजना अगाडि बढाइनेछ ।

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको सरकारले सबै प्रहरी चौकीमा महिला सहायता कक्ष निर्माण गर्ने भएको छ । यस्तै बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा तथा शिक्षाको व्यवस्था गरिने भएको छ । २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त घोषणा गरिने भएको छ ।

यो पनि...

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने

नीति तथा कार्यक्रम : प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने (पूर्ण पाठसहित)

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्नेछ : अध्यक्ष ढकाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement