‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सक्षम बनाउन ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले बालबालिकामाथिको दुर्व्यवहार, महिलाहिंसा, मानव बेचविखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यवसनी, दाइजो, छाउपडी, तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिने बताउनुभयो । बोक्सी, दाइजो प्रथालगायत कुरिति अन्त्य गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सक्षम बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘बालबालिकामाथिको दुर्व्यवहार, महिलाहिंसा, मानव बेचबिखन तथा बलात्कार, छुवाछुत, लागुपदार्थ दुर्व्यवसनी, दाइजो, छाउपडी, तिलकजस्ता सामाजिक विकृति र शोषण अन्त्य गरिनेछ । सामाजिक कुरितिका रुपमा रहेको बोक्सीलगायतका प्रथा अन्त्य गरिनेछ ।’

राष्ट्रपति पौडेलले महिलाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका लागि पनि सामाजिक जागरण अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

यो पनि...

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने

नीति तथा कार्यक्रम : प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने (पूर्ण पाठसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement