‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

काठमाडौं । सरकारले सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको मागअनुसार उत्पादनशिल रोजगारी प्रवर्द्धन गरिने बताउनुभयो ।

उहाँले रोजगार व्यवस्थापन र सीप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइने बताउनुभयो । राष्ट्रिपति पौडेलले सञ्चालनमा रहेका व्यावसायिक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गरिने पनि उल्लेख गर्नुभयो ।

उहाँले रोजगार तथा स्वरोजगारसम्बन्धी प्रधानमन्त्री रोजगार, युवा स्वरोजगार कोष र सीप विकास तथा रोजगार प्रवर्द्धनलगायत कार्यक्रमलाई एकीकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताउनुभयो ।

सरकारकाले बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताउनुभयो। उहाँले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताउनुभयो । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानुनमा परिमार्जन गर्नेछ ।

‘श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशील रोजगारी प्रवर्द्धन गरिनेछ । रोजगार व्यवस्थापन र सिप विकासका लागि एकीकृत राष्ट्रिय रोजगार ढाँचा कार्यान्वयनमा ल्याइनेछ । सञ्चालनमा रहेका व्यावसायिक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप स्तरोन्नति गरिनेछ,’ उहाँले भन्नुभयो ।

उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने पनि जनाउनुभयो । वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखीकरण तालिमलाई निःशुल्क बनाइने पनि उहाँले बताउनुभयो ।

यो पनि...

५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने (पूर्ण पाठसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement