निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
 निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

काठमाडौं । सरकारले निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्‍मा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गर्ने उल्लेख छ ।

यस्तै सरकारले आगामी आर्थिक वर्षका लागि कर प्रणालीमा सुधार गर्ने र राजस्व प्रशासनको दक्षता बढाइने बढाउने नीति लिएको छ । वित्तिय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने पनि सरकारको योजना रहेको छ । लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने पनि सरकारले घोषणा गरेको छ ।

बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गर्ने नीति सरकारको रहेको समेत प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।यस्तै यस आर्थिक वर्षमा तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने पनि सरकारले घोषणा गरेको छ । 

हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.