नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्नेछ : अध्यक्ष ढकाल

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्नेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जगाउने आएको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो प्रतिक्रिया दिनुभयो । उहाँले नीति तथा कार्यक्रमका प्रतिबद्धताअनुसार सरकारले बजेट ल्याए निजी क्षेत्र सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर पर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

उहाँले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताउनुभयो । बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको अध्यक्ष ढकालको भनाइ छ ।

‘नीति तथा कार्यक्रमका प्रतिबद्धताअनुसार सरकारले बजेट ल्याउनुपर्छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा भर पर्छ । सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको छ । नीति तथा कार्यक्रमको आधारमा आउने बजेट र कार्यान्वयनमा भरपर्छ,’ अध्यक्ष ढकालले भन्नुभयो, ‘सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखेको छ । त्यसलाई बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजान सक्यो भने आशा जगाउने खालको कार्यक्रम छ । अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनुपर्छ ।’

उहाँले सरकारले नीति तथा कार्यक्रमको प्रतिबद्धता र अर्थतन्त्रमा देखिएको शिथिलता हटाउने गरी अब बजेट आउनुपर्ने उल्लेख गर्नुभयो ।

यो पनि...

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

सरकारले ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने

नीति तथा कार्यक्रम : प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

‘सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ’ (पूर्णपाठ)

५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

निजी पुँजी आकर्षित गर्न सरकारले थप कानुनी प्रबन्ध गर्ने

सरकारको नीति तथा कार्यक्रम : ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गरिने (पूर्ण पाठसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement