विपद्ले केराखेती उजाडियो, राहत नपाउँदा किसान थप पीडित

आश्विन १६, २०८३ |अमर क्षितिज भण्डारी
विपद्ले केराखेती उजाडियो, राहत नपाउँदा किसान थप पीडित

दाङ । असोज ८ देखिको वर्षा र त्यसपछिको हावाहरीका कारण दाङमा लगाएको केरा खेतीमा ठूलो नोक्सानी पुर्‍याएको छ । 

हावाहरीका कारण ९० प्रतिशत केराका बोटहरु नष्ट भएका छन् । किसानले यति ठूलो क्षति बेहोर्दा स्थानीय सरकार भने मुकदर्शक बनेको छ । राहतका लागि धाउँदा अनावश्यक झमेला र राज्यपक्षबाट थप आर्थिक भार आफूहरुले बोक्नु परेको किसानको गुनासो छ ।

सबै क्षतिको हिसाब गर्दा करिब १५ लाख रूपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको पीडित किसानको गुनासो छ । यसअघि गत जेठ २० गते आएको हावाहुरीले पनि उनको केरा खेतीमा ठूलो क्षति पुर्‍याएको थियो । 

पटक-पटकको प्राकृतिक विपद्‌बाट यति ठूलो परिमाणमा क्षति हुँदा पनि स्थानीय सरकार वा सरोकारवाला निकायबाट कुनै किसिमको चासो नदिएको र निरीक्षणसमेत गर्न नआएको आफैं पीडित भएर राहतका लागि धाउँदा अनावश्यक झमेला र थप आर्थिक भार राज्यबाट थुपारिएको गुनासो किसानको छ ।

आठ वर्षको जापान बसाइँ त्यागेर आफ्नै गाउँठाउँमा केही गर्ने सोचका साथ सरकारी विद्यालयको ९ बिघा जग्गा भाडामा लिएर ४ बिघामा केरा खेती थियो भने व्यवसायी उत्पादन पनि सुरु भइसकेको थियो । व्यावसायिक कृषिमा लागेका किसानहरूले प्राकृतिक प्रकोपबाट बारम्बार यस्ता समस्या झेल्नुपरे पनि समयमा राहत तथा क्षतिपूर्तिको व्यवस्था नहुँदा कृषकहरू थप निराश बन्दै गएका छन् । 

सम्बन्धित निकायको ध्यान समयमै पुग्न सकेको छैन । 


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।