५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

जेष्ठ १, २०८१ |कान्तिपुर टीभी संवाददाता
५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छीमा आत्मनिर्भर बनाउने सरकारको नीति

काठमाडौं । सरकारले ५ वर्षभित्र फलफूलमा र २ वर्षभित्र पशुपन्छी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भर हासिल गर्ने नीति सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्‍मा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र बजारीकरणको स्पष्ट मार्गचित्र तयार गरिने उल्लेख छ ।

यस्तै सरकारले खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुनेगरी कृषि क्षेत्रका कार्यक्रममा पुनःसंरचना गर्ने नीति लिएको छ । आयातित खाद्यान्न र तरकारीमा विषादी परीक्षणको दायरा विस्तार गरिने घोषणा समेत सरकारले गरेको छ ।

सरकारले किसानको सूचीकरण कार्यलाई तीव्रता दिन नीति उल्लेख गरेको छ । यस्तै प्रत्येक प्रदेशमा १ हजार गाईभैंसी पालनको पूर्वाधार तयार गर्ने पनि सकारले घोषणा गरेको छ । २ वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement