काठमाडौं । ५ लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
यस्तै घरजग्गा कारोबार व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले मालपोत तथा नापीसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने पनि घोषणा गरेको गरेको छ ।
राष्ट्रपति चुरे-संरक्षण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने पनि सरकारको नीति छ । सन् २०४५ भित्र शून्य कार्बनको लक्ष्य हासिल गर्ने कार्ययोजना तय गर्ने सरकारको योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।