कांग्रेस-एमाले मिलेर संविधानमाथि छेडखानीको प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमाले मिलेर संविधानमाथि छेडखानीको प्रयास भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहालले अहिलेको संविधान बनाउन माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेकाले यसलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिनिधिसभामा आज (शुक्रबार) विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेले बन्द कोठामा सहमति गरेर आफूलाई हटाउने र संविधान संशोधन गर्न खोजेको आरोप लगाउनुभएको हो । उहाँले संविधान संशोधनका नाममा देशलाई द्वन्द्वतिर लैजान दुस्साहस नगर्न चेतावनी दिनुभयो ।

पहिलो र दोस्रो दल मिल्न बन्द कोठा किन चाहियो भन्दै प्रश्न गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले आफैं नमिलेको र राष्ट्रिय सहमतिका नाममा कसैले मिलाइदिएको आरोप पनि लगाउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री दाहालले संविधान र संसद जोगाउन कांग्रेस नेतृत्वलाई व्यङ्ग्यमिश्रित सुझाव दिनुभयो ।

उहाँले एमाले अध्यक्ष ओलीले आफूलाई धोका दिएको प्रसंग बारम्बार सुनाउनुभयो । प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले ठुला भ्रष्टाचारका काण्ड खोतलेको, विभिन्न तहका नेताहरुमाथि छानबिन अघि बढाएको र देशलाई समृद्धिको बाटो अघि बढाएको दाबी गर्नुभयो ।

उहाँले राज्यका पाँच निकायमा प्रमुख पाँच दलको न्यायपूर्ण शक्ति बाँडफाँट गरेको र अर्थतन्त्र सुधारको बाटो आफैंले लगेको दाबीसमेत गर्नुभयो ।

यो पनि...

‘मैले एक मनले त बिहान सोचेको थिएँ- आजै मैले विश्वासको मत माग्न उचित होला, कि नहोला’

कांग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

संसद्‌मा प्रधानमन्त्री दाहाल : कांग्रेस-एमालेको सहकार्य कसैले मिलाइदिएको हो

नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री दाहाल

ठूला भ्रष्टाचारका काण्ड खोतल्न थालेपछि डराएको वर्गले दुई दललाई मिलाइदियो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement