संविधानले जनयुद्ध भनेर चिन्दैन त्यो सशस्त्र द्वन्द्व हो : भगवती न्यौपाने

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधानले जनयुद्ध भनेर चिन्दैन त्यो सशस्त्र द्वन्द्व हो : भगवती न्यौपाने

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा बोल्द उहाँले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो । उहाँले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनु भयो ।

उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राख्नुभयो ।

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement