कांग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर उहाँले गर्नुभयो । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार नबनाउने दाहालको भनाइ छ ।

‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिलकुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु,’ उहाँले भन्नुभयो, ‘संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार मात्र बनाउने मात्र नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताउनु भयो । उहाँले भन्नुभयो- ‘अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ ।’ नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने उहाँको भनाइ छ । 

उहाँले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement