‘मैले एक मनले त बिहान सोचेको थिएँ- आजै मैले विश्वासको मत माग्न उचित होला, कि नहोला’

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘मैले एक मनले त बिहान सोचेको थिएँ- आजै मैले विश्वासको मत माग्न उचित होला, कि नहोला’

काठमाडौं । संसद्‌को बैठकमा विश्वासको मत माग्न रोस्टममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने विषयमा ‘मैले एक मनले त सोचेको थिएँ आज बिहान,’ भन्नुभयो । ‘दुईटा बस बगेको । कास्कीमा ११ जनाको मृत्यु भएको । अन्य ठाउँमा पनि यो भइराखेको बेलामा आज नै मैले विश्वासको मत माग्न उचित हुन्छ होला, कि हुन्न होला भनेर सोचेँ,’ उहाँले थप्नुभयो ।

दुई ठूला दलहरू सहमत भएर छिटो भन्दा छिटो सरकार बनाउन तिर उद्धत भएको आफू आजै विश्वासको मत माग्ने मनस्थितिमा पुगेको बताउनु भयो ।

उहाँले सिमलतालमा गएको पहिरोमा बस र यात्रु बेपत्ताको घटना हामी सबैको निम्ति निकै दुखदको कुरा भएको बताउनु भयो । ‘बाढी पहिरो चट्ट्याङ- यो सबैबाट निकै ठूलो धनजनको क्षति भइराखेको छ । हामी एक ढिक्का भएर त्यसको प्रतिवाद गर्न, त्यसबाट सतर्कता अपनाउनु पर्ने, तयारी गर्नु पर्ने, उद्धार राहतको निम्ति लाग्नु पर्ने बेलामा हामी अहिले फेरि सरकार परिवर्तन र विश्वासको मत लिने/नलिने भन्नेतिर केन्द्रित हुनुपर्ने बडो बिडम्बनाको स्थितिमा हामी छौँ’ उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement