शिक्षा र विज्ञान दिवस छुट्टाछुट्टै मनाइने

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिक्षा र विज्ञान दिवस छुट्टाछुट्टै मनाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा र विज्ञान दिवस छुट्टाछुट्टै मनाउने भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी असोज १ गते विज्ञान र २ गते शिक्षा दिवस मनाउन लागिएको जानकारी दिएको हो ।

'विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि' भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो । त्यसैगरी शिक्षा दिवसको नारा 'ज्ञान विज्ञान सीप उद्यम र मौलिक साझेदारी र प्रणालीगत सक्षमता' रहेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा सचिव दिपक काफ्लेले शिक्षालाई समयानुकूल बनाउने र २१ औं शताव्दीका चुनौतीको सामना गर्न सक्षम नागरिक उत्पदन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

दिवसका अवसरमा यस वर्ष उत्कृष्ट विद्यालय, क्याम्पस शिक्षक तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement