संसद्‌मा प्रधानमन्त्री दाहाल : कांग्रेस-एमालेको सहकार्य कसैले मिलाइदिएको हो

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा प्रधानमन्त्री दाहाल : कांग्रेस-एमालेको सहकार्य कसैले मिलाइदिएको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ बनेको नभई कसैले मिलाइदिएको प्रतिक्रिया दिनु भएको छ । प्रतिनिधि सभामा आज विश्वासको मत माग्दै उहाँले यस्तो बताउनुभएको हो । आफूले प्रधानमन्त्रीका रूपमा लोकतन्त्रको सर्भिसिङ् सुरु गरेको पनि उहाँले जिकिर गर्नुभयो । 

आफूले विधिको शासन सुरु गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो- ‘ प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ ।’

उहाँले एमाले-कांग्रेसमिलेको विषयमा दुवै दलका सीमित नेताहरूमा आफै मिलेका हौँ भन्ने होला तर त्यसो होइन भन्नुभयो । ‘कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईँहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घाम जत्ति नै छर्लङ्ग छ । सिधै कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement