संघीय संसद्‍को चालु अधिवेशन अन्त्य

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्‍को चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन असोज ३१ गतेबाट अन्त्य भएको छ । राष्ट्रतपि रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेको पत्र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकमा पढेर सुनाउनु भएको थियो । वैशाख २८ गते सुरु भएको संसद अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने विषयमा संसदलाई जानकारी गराउनु भएको थियो । उहाँले देशको शिर झुक्ने कुनै काम नगर्ने बताउनु भयो । 

यसैगरी, आजको बैठकमा सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ । 

समितिका सभापति सूर्य थापाले बैठकमा प्रतिवेदन पेश गर्दै ६६ वटा बैठक तथा ४ सय ५१ जना व्यक्तिसँग अन्तर्क्रिया गरेर समितिले सत्य खोज्ने पर्यत्न गरेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement