कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरे प्रतिवाद गर्ने मधेश केन्द्रित पाँच दलको चेतावनी

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरे प्रतिवाद गर्ने मधेश केन्द्रित पाँच दलको चेतावनी

जनकपुर । मधेश केन्द्रित साना पाँच दलले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरे त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

तराई-मधेश लोकतान्त्रिक पार्टी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीद्वारा गठित संयुक्त मधेश संघर्ष समितिले जनकपुरधाम आज आयोजना गरेको खबरदारी सभामा यस्तो चेतावनी दिइएको हो ।

खबरदारी सभामा बोल्ने अधिकांशले प्रदेशहरूको सीमाङ्कन पहिचानमा आधारित हुनुपर्ने , पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व हुनुपर्ने लगायतका मागसमेत गरेका छन् ।

विगतका आन्दोलनको मर्मविपरीत गएर कांग्रेस एमालेद्वारा संविधान संशोधन गर्ने प्रयास भए कडा संघर्ष गर्ने उद्घोष समेत गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement