कान्तिपुर समाचार, ३१ भाद्र २०८१

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३१ भाद्र २०८१

आजका मुख्य समाचार

– सहकारी बचत अपचलनमा पूर्वगृहमन्त्री लामिछाने दोषी भएको संसदीय छानबिन विशेष समितिको निष्कर्ष/ पाँच सहकारीको ६५ करोड गोरखा मिडियामा अपचलन/ कारबाही गर्न सरकारलाई सिफारिस ।

– संसद्को बजेट अधिवेशनबाट टीआरसीसहित ११ वटा विधेयक पारित/ संघीयता कार्यान्वयनसम्बन्धी विधेयक अलपत्र/ नेताहरु आरोप-प्रत्यारोप र सत्ता समीकरण फेरबदलमै केन्द्रित ।

– नेपालले छिमेकीसँग असल सम्बन्ध राखेको र छिमेकीबाट त्यस्तै व्यवहार चाहेको प्रधानमन्त्री ओलीको भनाइ/ मुलुकको शीर झुक्ने गरी कुनै काम नगर्ने प्रतिबद्धता ।

– रोहिंग्या समुदायद्वारा अधिकारको माग गर्दै बंगलादेशमा दिनहुँ प्रदर्शन / संकटको स्थायी समाधानमा सघाउन बंगलादेशको अन्तरिम सरकारले गर्‍यो अमेरिकालाई आग्रह ।

– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै/ सात महिनापछि लिग टुमा नेपालको कमब्याक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement